आलम प्रकरण : प्रत्यक्षदर्शी समसुल मियाँले दिए आङै सिरिङ हुने बयान

काठमाडौं। ब’म वि’स्फो’टमा घा’इते भएका श्रीमान् ओसी अख्तरलाई जि\उँदै इँटाभ’ट्टामा हालेर ह’त्या गर्दा आस्नाको काखमा दुई वर्षका छोरा थिए, कोखमा दुई महिनाको गर्भ। कोखको बच्चा जन्मिएर १२ वर्ष भएका छन्।

ओसीकी आमा न्यायका लागि संघर्ष गर्दै रौतहटदेखि काठमाडौँसम्म धाइन् । सर्वोच्चको ढोका ढ’क्ढक्याइन् । तर, त्यहीबीचमा गाउँमै गो’ली हा’नेर उनको ह’त्या गरियो। छोरा गुमाएकी आमा न्यायको ल’डाइँमा सहिद भइन्। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।

प्रत्यक्षदर्शी समसुल मियाँ भन्छन्

बोरामा प्याक गरिएका घा’इते र मृ’तकका शरीर ट्र्याक्टरमा लो’ड गरिएको थियो । प्रहरी भ्यानको स्कर्टिङसँगै ट्र्याक्टर खेततर्फ लाग्यो। पछ्याउँदै जाँदा मुस्ताफ आलमको इँटाभट्टामा भ्यान र ट्र्याक्टर रोकियो।

त्यसपछि बोरामा प्याक गरिएका र’क्ता’म्मे शरीर इँटाभट्टामा हालिरहेको देखेँ । भट्टामा नछिरेका शरीरलाई खु’कुरी र ब’न्चरोले छि’नाल्दै भित्र हाले।