अब प्रचण्ड प्रधानमन्त्री

काठमाडौ। नेकपा नेता वामदेव गौतमले अब पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् ।

उनले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताअघि भएको सरकारको नेतृत्व आलोपालो गर्ने सहमति कार्यान्वयन हुने बताए ।

‘पार्टी एकताअघि सहमति भएको हो’, नेकपाले दसैं, तिहार, नेपाल सम्वत र छठका अवसरमा बुधबार राजधानीमा गरेको चियापानमा गौतमले भने, ‘वर्तमान प्रधानमन्त्रीपछि प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ ।’

उनले साढे दुई वर्षमा सरकारको नेतृत्व फेरिने बताए । फरक प्रसंगमा गौतमले आगामी मंसिरमा हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट गरे ।