महरा केही दिनमै रिहा हुँदै

काठमाडौं। संसद सचिवालयमा कार्यरत महिला स्वास्थ्यकर्मी रोशनी शाहीमाथि यौ न दु व्र्यवहारको आ’रोपमा प’क्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा छिट्टै रिहा हुने भएका छन् । नेकपाको शीर्षस्थ नतृत्व तहले महरा रिहा हुने सन्देश पार्टीका नेता कार्यकर्तालाई प्रवाह गर्न थालेका छन् । सुरुआती चरणमा महराप्रति आ क्रामक नेताहरु बिस्तारै नरम देखिएका छन् । शाहीले गत १२ असोजको राति महरा आफ्नो तीनकुनेस्थित डेरामै आएर यौ न दु ब्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।

सत्तारुढ नेकपा सचिवालयको निर्देशनमा महराले गत १४ आसोजमा पदबाट राजीनामा दिएका थिए । राजीनामालगत्तै शाहीले आफ्नो अडान फेरेकी थिइन् । उनले महरा आफ्नो ’ बाबुसमान’ भन्दै यौ न दु व्र्यवहार नभएको भन्दै आफूले लगाएका आरोप फिर्ता लिएकी थिइन् । तर, बडादसैंको समयमा प्रहरीले निय न्त्रणमा लिएर रोशनीलाई महरावि’रुद्ध उजुरी दिन लगाएको थियो । त्यसपछि उनी निवासबाटै प क्राउ परे । त्यस पछि पनि रोशनीले आफुलाई प्रहरीले जबर जस्ती उजुरी दिन लगाएको भन्दै विज्ञप्ती जारी गरेकी छन् ।

सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएका बेला अस्वस्थ भएपछि हाल महरालाई थापाथलीस्थित नर्भिक अस्पतामला राखिएको छ । मंगलबार अस्पतालबाटै महरालाई प्रहरीले म्याद थपका लागि काठमाडौं जिल्ला अदालत ल्याएको थियो । अदालतमा बयान दिने क्रममा शाहीले महरामाथि आफूले त्यस्तो आरोप नलगाएको र यौ नजन्य दुव्र्य वहार नभएको बयान दिने सम्भावना छ । शाहीले त्यसको संकेत केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत गरिसकेकी छन् । प्रहरीले दबाबमा महराविरुद्ध उजुरी दिन लगाएको आरोप लगाउँदै उनले सार्वजनिक विज्ञप्ती जारी गरिसकेकी छन् ।

उनले अदालतमा समेत त्यस्तै बयान दिएको खण्डमा मु द्दा कमजोर बन्न गई महरा रिहा हुनेछन् । अधिवक्तासमेत रहेका तत्कालीन संविधानसभाका सदस्य रेवतिरमण भण्डारीले शाहीले अदालत समक्ष बयानका क्रममा आफूमाथि दु व्र्यवहार नभएको बयान दिएको अवस्थामा महरा रिहा हुने बताए । यदि जाहेरीकर्ताले नै कसैको दबाब वा करकापमा जाहेरी दिएको भन्छ भने त्यतिबेला अभियोग प्रमाणित हुँदैन’, भण्डारीले भने ।