‘कहिँ नभएको जात्रा हाडि गाउँमा’ यसरि मनाइयो (भिडियो)

काठमाडौ। कहि नभएको जात्रा हाडि गाउँमा भन्ने उखान हामीले सुन्दै र बोल्दै आएका छौ । तर हामीलाई नै थाहा छैन किन र केका लागि यो उखान बन्यो होला भनेर थोरैलाई मात्रा थाहा होला । यही कही नभएको जात्रा प्रतेक बर्ष काठमाडौंको हडिगाउमा मनाईदै आएको छ । संसारमा काँही नमनाउने जात्रा काठमाडौंको हाडीगाउमा उक्त जात्रा सोमबार निकालिएको छ। हरेक बर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट उक्त जात्रा निकाल्ने गरिएको छ । यो जात्राको नाम खासमा चोकदेनारायणको जात्रा हो। यो जात्राको बारेमा अनेकन लोक कथनहरु रहेका छन्।

यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ। खटको गजुर उल्ट्याइ देबतालाई माथि राख्ने ,मैनको फुल प्रयोग गर्ने चोक्ते नारायण जात्रालाइ नै जनजिब्रोमा हाडि गाउँमा जात्रा भनिएको हो। यस बर्ष पनि जात्रालाइ निरन्तरता दिने क्रममा उल्लासमय वातावरणमा त्‍यहाँका युवाहरुले खटमा चढेर मनाएका हुन।

एउटा कथन अनुसार, एक पटक सत्ययुगमा एक महिलालाई बाह्र वर्षसम्म गर्भ रह्यो रे। भो अब ! नौ महिनामा सुत्केरी हुनुपर्ने १२ वर्षसम्म भएनन्। अनि त नारायणलाई कहीँ नभएको जात्रा र कहीँ नभएको फूल चढाउने वाचा गरी सुत्केरी गराइएछ। त्यही कथाअनुसार नारायणलाई खुसी पार्न अहिले पनि उक्त जात्रा चलाइएको पराम्परा कायमै छ।