ह’त्यापछि ससुरालीमा छोरी लिन आउनु भन्दै बाबुलाई खबर

विराटनगर । विराटनगर–११ पिचराका मनिकचन्द सहनीको परिवार दसैंको रमझमपछि दैनिकीमा फर्कने सुरसारमा थियो । मनिक मजदुरी गर्थे, श्रीमती आनन्दीदेवी कवाडीको सामान संकलन गर्थिन् । परिवारको गर्जो जसोतसो मजदुरीबाट चलेकै थियो । तर दसैं सकिन नपाउँदै उनको परिवारमा बज्रपात पर्यो । दुई सन्तान मध्ये छोरीको विवाह गरिदिएको ८ महिना बित्न नपाउँदै ह’त्या भयो ।

गत फागुन तेस्रो साता सहनी परिवारले २२ वर्षीया छोरी रञ्जनाको भारत अररिया पिपराका भीम बहरदारसँग विवाह गरिदिएका थिए । तर दहेज कम भएको भन्दै तीनै ज्वाईले छोरीको ह’त्या गरी श’व खोलामा फालिदिए । सहनी परिवारले विवाह अघि र पछि गरी ऋण खोजेर २ लाख रुपैयाँ दहेज(दाइजो) दिएको थियो । तर ज्वाईलाई सो रकमले पुगेन । सैलुन खोल्न भन्दै थप २ लाख ल्याउन रञ्जनालाई दबाव दिइरहे ।

ऋण खोजेर आफ्नो विवाह गरेका कारण उनले दबाव टार्दै गइन् । दहेजकै निहुँमा परिवारबाट पटक पटक या’तना भोगिन् । ‘दाइजो मागे जति दिएकै थियो, तर आज यस्तो भयो,’ नातिनीको किरिया गरिरहेका उमालालले भने, ‘ ह’त्या गरी हातखुट्टा बा’धेर खोलामा फालिदिए ।’ कवाडीको सामान संकलन गर्ने आनन्दीदेवीका अनुसार विवाह पछि ज्वाईले मोटरसाइकल मागे । ऋण खोजेर सहनी परिवारले ९० हजार भारु दिए । त्यस बाहेक ऋण भन्दै पटक-पटक ५–१० हजार मागीरहे । तर सैलुन खोल्न भन्दै मागेको २ लाख रुपैयाँ कवाडीको काम गर्ने आमा र दैनिक ज्याला मजदुरी गर्ने बुबाले दिन सकेनन् ।

अन्तत २ लाख दिन नसक्दा सहनी परिवारले छोरी गु’माउनु पर्यो । ‘हामीसँग कहाँबाट ल्याएर पैसा दिन सक्नु,’ आनन्दीले भनिन्, ‘ दहेज ल्याउ भन्दै छोरीलाई घरका सबैले या’तना दिइरहन्थे ।’ मागेजति दाइजो नआएपछि बहरदार परिवारले नि’र्घात कु’टपि’ट गरी रञ्जनालाई मिरगञ्ज पुल नजिकै खोलामा फालेको स्थानीय लक्ष्मीदेवी रायले बताइन् । श’व भेटिएपछि गाउँ नै शो’कमा डुबेको उनले बताइन् ।

रञ्जनाका श्रीमान भीमले दाजुसँग मिलेर भारतमा नै सैलुन पसल सञ्चालन गर्थे । विवाह पछि उनले पसल छाडे । नयाँ पसल खोल्न भन्दै ससुरालीसँग पैसा माग्दै रञ्जनालाई या’तना दिइरहन्थे । या’तनाकै कारण दुईसाता रञ्जना माइत आएकी थिइन् । गत मंगलबार भीम आफै लिन आए । दशैंमा छोरी घर पठाएको सहनी परिवारले आइतबार बिहान खोलामा श’व भेट्यो । शुक्रबार विराटनगरको बजार आएका भीमले रञ्जना घरमा बस्न नमान्ने भन्दै छोरी लिन आउन ससुरालीमा खबर पठाएका थिए ।

शनिबार बिहान रञ्जनालाई बेप’त्ता बनाएको जानकारी पाएपछि माइती पक्ष छोरीको घर पुग्यो । तर घरमा ताला लगाएर भीमको परिवार भागेको थियो । खोज्दै जाँदा अररिया जिल्ला कै भाण्टाबारी भन्ने स्थानमा भीम र उनका आफन्तहरु भेटिएपछि सोधीखोजी गर्दा खोलामा श’व फालेको बताएको स्थानीय बिशाल सहनीले बताए ।

खोलामा श’व रहेको थाहा पाएपछि माइती पक्ष आइतबार बिहानै जोगवनी प्रहरी थाना पुगे । तर प्रहरीले उनीहरुको पुकार सुनेन् । दिनभर हारगुहार गरेपछि बल्ल साढे १ बजे प्रहरी खोलासम्म पुग्यो । प्रहरीलाई बोलाउन पनि स्थानीय नेताको सोर्स लगाउनु लक्ष्मीदेवीले बताइन् । ‘बिहानै थाना जादा भारतीय प्रहरीले हप्कीदप्की गरे,’ उनले भनिन्, ‘ डिस्टर्भ नगर भन्दै बाहिर पठाए ।’ दिउँसो खोलासम्म पुगेको प्रहरीले श’व छुन र मान्छे समात्न मानेन् । स्थानीयले नै श’व निकाले । रञ्जनाका श्रीमान भिम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदारलाई आफूहरुले समातेर प्रहरीमा बुझाएको विशाल सहनीले बताए । घ’टनामा संलग्न सासु र नन्द भने फ’रार छन् । भारतीय प्रहरीले सोमबार मु’द्दा दायर गरी अनुसन्धान गरिरहेको छ ।