चार वटा प्रेसर कुकरसहित कोटेश्वरबाट सात विप्लव कार्यकर्ता पक्राउ

  • फाइल फोटो

काठमाडौं । प्रहरीले आइतबार राति कोटेश्वरबाट सातजना विप्लव कार्यकर्ता पक्राउ गरेको छन्। राजधानीका विभिन्न स्थानमा शृङ्खलाबद्ध बम विस्फोट र शंकापद वस्तु भेटिरहेका बेला सातजना विप्लव कार्यकर्ता पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुको साथबाट चारवटा प्रेसर कुकर बरामद गरेको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार उनीहरुको नाम भने खुलेको छैन। उनीहरुमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ।

आइतबार साँझ सुकेधारा र अनामनगरको कट्टेकुलोमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। प्रहरीले सबै विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ निकट नेताले गरेको आशंका प्रहरीको छ।

आइतबार साँझ नै नागढुंगामा मोटरसाइकलमा ल्याउँदै गरेको विस्फोटक पदार्थ पड्किँदा दुईजना घाइते भएका छन्।