बुहारीको ‘रुवावासी’का कारण रोकियो मन्त्रिपरिषद हेरफेर !

काठमाडौ। वर्तमान मन्त्रिपरिषद हेरफेर गर्न कसिएका नेकपाका अध्यक्ष तथा प्रधानमंत्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले यो हप्ता टुंगोमा पुर्याउन नसक्ने अवस्था सिर्जना भएको स्रोत बताउछ। २०७६ असोज २८ र २९ गते नै मन्त्रिपरिषद हेरफेर गर्न तम्सिएका अध्यक्षद्वय टुंगोमा पुग्न नसक्नुमा आन्तरिक गृहकार्य सम्पन्न नभएकाले मन्त्रिपरिषद हेरफेर अड्किएको नेकपा स्रोत बताउछ।

मन्त्रिपरिषद हेरफेरमा खानेपानी मन्त्री बिना मगर बाधक बनेको स्रोत बताउछ। खानेपानी मंत्री मगरको कार्यसम्पादन अत्यन्त कमजोर रहेकाले उनलाई हटाउन प्रधानमन्त्री ओली, नेकपाका सचिवालय सदस्यहरु सहमत भएको भएतापनि पूर्व माओवादीभित्र नै गलफत्ती परेपछि प्रचण्ड संकटमा परेको स्रोत बताउछ।

नेकपाकी जुनिएर केन्द्रीय सदस्य मन्त्री मगरलाई मन्त्रिपरिषदमा कायम राखेर स्थायी समितिका सदस्य तथा वरिष्ठ नेताहरुलाई मन्त्रिपरिषदको हेरफेर फाल्दा प्रचण्डलाई सन्तुलन मिलाउन गार्हो परेको स्रोत बताउछ। मन्त्रिपरिषद हेरफेरमा बिना मगरलाई खेलकुदको जिम्मेवारी दिने तयारी रहेको थियो।

तर, पार्टीभित्र नेताहरुले कडा प्रतिवाद गरेकाले मन्त्रिपरिषदको हेरफेर एकाक रोकिएको छ। अध्यक्ष प्रचण्डले लेखराज भट्टलाई उद्योग मन्त्री बन्न र अग्नि सापकोटालाई सभामुखका लागि संकेत गरेतापनि बिनाका कारण सबै भताभुङ्ग भएको छ । अब प्रचण्डले सुदूरपश्चिमबाट लेखराज र बिनालाई दुबैलाई मन्त्रिपरिषदमा राख्न नसक्ने भएकाले मन्त्रिपरिषद हेरफेरमा समस्या परेको बताइन्छ।

बिनालाई मन्त्रीबाट हटाउने हल्ला चलेपछि ’सीता म्याम’संग रोइकराई गरेर ’’बरु अरु मन्त्रालय भएपनि हुन्छ, हजुरको छोराको म एक मात्र , नासो, चिनो एबम प्रतिनिधि भएकाले मन्त्रीबाट हटाउदा मेरो के हालत हुन्छ, करियर के हुन्छ मम्मी, त्यसैले मलाई मन्त्रीबाट हटाउन रोक्नु पर्यो’’ भनेर अनुनयबिनय गरेपछि ’सीता म्याम’को चित्त नदुखाउन पनि प्रचण्डले बिनालाई हटाउन नसक्ने

परिस्थिति उत्पन्न भएको स्रोत बताउछ । मेलम्ची साथी दिनमा आउछ भनेर प्रधानमन्त्री ओलीलाई समेत गुमराहमा राख्न सक्ने खानेपानीमा असफल मन्त्री बिनाकै कारण पूर्व माओवादीभित्र भाँडभैलो सिर्जना भएको र बुहारीलाई साथ दिंदा प्रचण्डको राजनीतिक भविष्य समेत डावाडोल हुने अवस्था रहेको स्रोत बताउछ।

  • शिखरन्युजबाट