नेपालको नाम राखिन शृंखला खतिवडाले भर्खरै चिनबाट पठाईन यस्तो भिडियो सबैले सेयर गरौँ

काठमाडौं १५ मंसिर । चीनको सान्या सहरमा जारी मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा हेड टु हेड बाट टप २० का लागी छानिएकी छिन ।

एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला अन्तत: नेपालीहरुको साथ र सपोर्टले उत्कृष्ट २० मा पुगेकी हुन् ।

टप २० को परेपछि मेडल देखाउँदै शृंखलाले भनिन ‘दिस ईज फर यु नेपाल’ र म नेपालको शिर सँधै उच्च राख्नेछु । सम्पूर्ण नेपालीको साथ, सपोर्ट, हौसला र विश्वासले नै यो सब संभव भएको हो त्यसैले यो मेडल तपाईहरुको हो’ उनले भनिन ।

यो मेरो होईन सम्पूर्ण नेपालीका लागी हो नेपाली गर्व उनले लेखेकी छन्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।’

‘अब टप १० को लागि एउटा प्रस्तुति दिनुपर्ने हुन्छ त्यसको लागि म तयारीमा छु । यसरी नै माया साथ सँगसँगै भोट पनि गर्दै गर्नुहोला । मल्टीमिडिया अवार्डको लागी डिसेम्बर ८ सम्म नै भोट गर्न मिल्छ’ उनले भिडियो मार्फत भनेकी छिन ।

यसपटकको मिस वल्र्डको प्रतिस्पर्धामा शृंखलाको चर्चा नेपाल बाहिर पनि त्यतिकै छ । उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन्। डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ। मिस वल्र्डको काउन्ट डाउन सुरु भइसकेको छ । आशा गरौँ यसपालीको मिसवल्डको ताज नेपालले नै जितोस ।

भिडियो यहाँ