‘हरियो पोते’ मा वर्षालाई हेर्ने आकाशको रहर अधुरै

काठमाडौं। लोकप्रिय गायक शिव परियारको नयाँ गीत ‘हरियो पोते’ सार्वजनिक गरेका छन् । माया,प्रेम र विछोडको भावलाई देखाउँन खोजिएको उक्त गीतमा यदुराज बरालको शब्द रहेको छ भने अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ ।

ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा चर्चित अभिनेत्री वर्षा राउत र आकाश श्रेष्ठलाई फिचर्ड गरीएको छ । गीतको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस्: