यी ६ जना बाहेक महराले अरुलाई नभेट्ने

काठमाडौं। निवर्तमान सभामुख कृष्णबहादुर महरा यतिबेला नर्भिक अस्पतालमा छन् । उनको स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना गरिएको छ । अस्पतालमा रहेका उनलाई भेट्न जानेहरुलाई पनि महराले भेट्न चाहेका छैनन् । यद्धपी उनलाई राखिएको नर्भिक अस्पतालमा भेट्न जानेको संख्या भने बढेको छ । तर महराले कसैलाई पनि भेट्न मानेका छैनन् ।

महराले छजना बाहेक कसैलाई भेट्न नपठाउनु भनेर सुरक्षाकर्मीलाई भन्ने गरेका छन् । त्यसैले सुरक्षाकर्मीले अन्यलाई भेट्न अनुमति दिएका छैनन् । महराले परिवारका सदस्य र स्वकीय सचिवबाहेक कसैलाई पनि भेट्न नपठाउनु भनेका छन् । उनले कसैलाई नभेट्ने भन्दै अस्पतालको कोठामा छिर्न नदिन भनेका छन् ।

महराको यस्तो आग्रह पछि उनलाई भेट्न जानेलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै फर्काउने गरेका छन् । उनीहरुले कुनै हालतमा भेट्न जान दिन नमिल्ने भनेर फर्काउने गरेका छन् । महरालाई पत्नी, छोराहरु र स्वकीय सचिव मात्र भेट्न पुगेका छन् । परिवारका सदस्यलाई पनि उनले कम आउन भनेका छन् । उनी प्रायः पुस्तक पढेर बस्ने गरेका छन् ।

संसदकी कर्मचारी रोशनी शाहीले जर्बज स्तीको आरोप लगाएपछि महरालाई १९ असोजमा सभामुखको सरकारी निवासबाट प्रहरीले निय न्त्रणमा लिएको थियो । उनलाई चार दिन हिरासतमा राखेर स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।