कसैले नसोचेको चिनियाँ मिडियामा आयो काठमाडौंको यस्तो फोटोफिचर

काठमाडौँ। अहिले चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल भ्रमण र नेपालसँग भएको सम्झौताको विषय निकै चर्चामा छ । ‘संसारकै सबैभन्दा शक्तिशालीमध्येका एक मानिएका’ व्यक्तिको भ्रमण को चर्चा भैरहेको छ । नेपालको दुई दिने राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न गरी चीनका राष्ट्रपति सी जिनपिङ भर्खरै स्वदेश फर्के । एक्काइसौं शताब्दीमा नेपालको भ्रमणमा आउने सी पहिला चिनियाँ राष्ट्रपति हुन् । यसभन्दा पहिले राष्ट्रपति सीका पूर्ववर्ती राष्ट्रपति जियाङ जेमिन सन् १९९६ मा नेपाल भ्रमणमा आएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको दुईदिने राजकीय भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ । यो भ्रमण दुई मुलुकबीच मैत्रीपूर्ण सहयोगको इतिहासमा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको दुवै देशले ठहर गरेका छन् ।

यसै क्रममा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बारेमा भइरहेको दृश्य चिनियाँ सञ्चार माध्यममा काठमाडौंको फोटोफिचर छापिएको छ ।सरकारी मुखपत्र ग्लोबल टाइम्समा छापिएको फोटोफिचरमा नेपाल—चीन सम्बन्ध अमर रहोस्, जनगणतन्त्र चीनको ७० औं स्थापना दिवसको अवसरमा बधाई लेखिएका स्वागतद्वारका तस्बिर पनि समेटिएका छन् । यस्तै काठमाडौको मुख्य भू–भागका सडकहरु पनि तस्बिरमा देखाइएका छन् । तस्बिर शेन विडुओले खिचेको जनाइएको छ ।

चिनियाँ मिडियाले प्रकाशित गरेका केहि तस्विरहरु