भारतमा ग्यास सिलिण्डर प’ड्किँदा घर भ’त्कियो, १० जनाको मृ’त्यु

काठमाडौ। भारतको उत्तर प्रदेश मउमा सोमबार बिहान ग्यास सिलिण्डर प’ड्किँदा २ तले घर भ’त्किएर १० जनाको ज्या’न गएको छ । घ’टनामा अन्य १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोहम्दाबादको बदलीपुर गाउँमा यो घटना भएको हो । सिलिण्डर प’ड्किएर घर भत्किँदा अझै केही व्यक्ति घरमा पुरिएको आ’शंका गरिएको छ । अहिले उद्धारको काम भइरहेको छ ।

ग्यास सिलिण्डर के कारणले पड्किएको भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।