सीका अगाडि राष्ट्रपति भण्डारीले भनिन्: नेपाल-चीनको सम्बन्ध सागर जस्तै गहिरो र सगरमाथा जस्तो उचाइ रहोस्

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनता चीनसँग रेल मार्गले जोडिएको हेर्न चाहेको बताएकी छिन् । उनले चीनसँग रेल मार्गले जोडिने नेपाली जनताको चाहना छिट्टै पूरा हुनेछ भन्ने हाम्रो विश्वास रहेको बताइन् ।

चिनियाँ राष्ट्रपति शीको स्वागतमा आयोजना गरिएको रात्री भोजलाई शनिवार नेपाली भाषामै सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको विकासमा चीनले गरेको सहयोगको प्रसंशा गरिन ।

उनले भूकम्पपछिको पुर्ननिर्माणमा चीनले गरेको सहयोगको प्रसंशा गरिन । आफ्नो चीन भ्रमणका क्रममा भएको पारवहन सम्झौताको प्रोटोकलले चीनको चारवटा बन्दगाहसम्म नेपालको पहुँच स्थापित गरेको भण्डारीले बताइन् । दोस्रो बीआरआइ सम्मेलनमा आफ्नो सहभागिताले नेपालको विकासको लागि महत्वपूर्ण हुने ठानेको बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०१६ र २०१८ मा गरेको चीन भ्रमणबाट नेपाल चीन सम्बन्ध नयाँ उचाइमा पुर्याएको विश्वास व्यक्ति गरिन । राष्ट्रपति भण्डारीले हाम्रो सम्बन्ध सागर जस्तै गहिरो र सगरमाथा जस्तो उचाइ जस्तै रहेको बताइन् ।

उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमी चीन विरोधी गतिविधीका लागि प्रयाग हुन नदिने प्रतिबद्धतालाई व्यबहारमा उतार्न सबै प्रकारका ठोस उपाय अपनाएको बताइन । रेल मार्गले जोडिएको हेर्न चाहेका छन, यो चाहना छिट्टै पूरा हुनेछ भन्ने आफ्नो विश्वास रहेको भण्डारीले बताइन् ।