जापानमा भुकम्प साथै शताब्दीकै शक्तिशाली आँधी, उच्च स’तर्कता अपनाउन विज्ञप्ति जारी

काठमाडौं। जापानमा सन् १९५८ यताकै सबैभन्दा ठूलो आँधी हगिबीसका कारण दसौं लाखलाई अन्यत्र जान आदेश दिइएको छ ।

यस आँधीले जापानको भूमि नछुँदै यसका कारण एकजनाको ज्या’न गएको छ । केही घन्टासम्म अविरल वर्षापछि जापानी मौसमविज्ञान विभागले राजधानी टोकियो र आसपासका क्षेत्रमा आपतकालीन उच्च स’तर्कता अपनाउन विज्ञप्ति जारी गरेको हो । सो आँधी शनिबार साँझ २ सय १६ किलोमिटर प्रति घन्टाको रफ्तारमा जापानको मध्य वा पूर्वी तटमा पुग्ने बताइएको छ ।

प्यासिफिक समुद्रबाट आउँदै गरेको उक्त आँधी जापानी भूमिभन्दा अझै सयौं किलोमिटर टाढा छ । तर यसै आँधीका कारण चिबामा अविरल वर्षा र हावाहुरीका कारण एउटा घर पूर्ण रूपमा भत्केको छ । जापानको होन्सु,टोक्यो,कावासाकी लगायतका १० भन्दा बडी क्षेत्र प्रभावित भएका छन् ।

त्यस्तै प्रभवित क्षेत्रमा विद्युत,रेल सेवा तथा हवाई सेवा समेत ठप्प पारिएको छ । यसैबीच जापानका विभिन्न भागमा भूकम्प गएको छ । जापानको कान्तो क्षेत्रमा ५.७ रेक्टेरको भुकम्प गएको हो ।