आफू बसेको होटलनजिकैको सामुद्रीक तटको फोहोर उठाउँदै मोदी

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको अनौपचारिक वार्ताका लागि चेन्नई पुगेका छन्। चेन्नई नजिकैको मामल्लापुरमको दुई नेताहरूबीच बिहीबार सुरू भएको अनौपचारिक कुराकानी आज सकिने छ।

यसैबीच भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहानै समुद्री किनारामा देखा परेका छन्। उनी बिहानको दृश्यावलोन गर्न समुद्री किनारामा गएका भने होइनन्।
आफू बसेको ताज फिसरम्यान्स कोभ रिसोर्टनजिकैको समुद्री किनारामा गएर मोदीले फोहोर उठाएका हुन्। उनले झन्डै आधा घन्टा प्लास्टिकजन्य फोहोर उठाएका थिए।

मोदीले फोहोर उठाउँदै गरेको भिडिओ ट्वीटरमार्फत सार्वजनिक गरेका छन्।‘हामीले आफ्ना सार्वजनिक ठाउँ सफा र स्वच्छ छन् भन्ने सुनिश्चित गरौं,’ उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘र सधैँ स्वस्थ र तन्दुरूस्त छौं भन्ने पनि सुनिश्चित गरौं।’