जापान सेक्स भिडियो स्क्याण्डल: कसैको आत्महत्याको कारण तपाई नबनिदिनुस !

सबैको व्यक्तिगत जिन्दगी हुन्छ । केटाकेटीको मन मिलेपछि शारिरिक सम्बन्ध राख्नु पश्चिमाहरु सामान्य मान्छन जुन कुरा ढिलो चाँडो नेपालमा पनि भित्रीसकेको छ । लिभिङ टुग्यादरमा रहेका एक जोडीले जोसमा होस गुमाए । नशाको तालमा भिडियो नखिच्नु पर्थ्यो खिचे भिडियो खिच्दा न केटीको ध्यान पुग्यो न केटाको ? उक्त भिडियो डिलिट गरेको भएपनि समस्या त्यहिँ सुल्झिन्थ्यो तर मोवाइलमा सेभ भयो । सामाजिक सञ्जालको दुनियाँ निमेषमै संसारभर फैलियो ।

भिडियोको प्रकृति हेर्दा केटाकेटी दुबैको सहमतिमा दुईवटा मोवाईलमा खिचिएको रहेछ । मैले भिडियो खिच्दैछु भन्दा केटिले पनि कुनै वास्ता गरेकी छैनन । केटाले तिम्रो भिडियो युट्युबमा राखेर पोर्नस्टार बनाउँछु भन्दा केटीको आपत्ती छैन । वयस्क केटाकेटीको कामुकता बेस्सरी छछल्किएको छ । क्षनिक रोमान्सपछिको आत्मगलानी उनीहरुलाई फिटिक्कै छैन दुवै निस्फ्रिक्री छन ।

अन्तत जे नहुनु थियो भयो त्यहिँ एक्लै कोठामा केटाकेटीले गरेको रोमान्स भिडियो लिक भयो । संसारकै चर्चित साइट पोर्नहबमा पुग्यो । एकैछिनको त्यो सानो गल्तिले आखिरी बन खायो । उक्त भिडियो कसरी लिक भयो खोजतलास गर्दै जाँदा केटीको मोवाइलमा खिचेको भिडियो उनीहरुको शंकामा केटीको एकजना पूरानो साथी जसले उनलाई एप्पल आइडी बनाइदिएको थियो उसैकोमा छ । आफ्नो भिडियो बाहिरिएपछि उनीहरु प्रहरीकहाँ पनि गए, तर विदेशीहरु विचको कुरा प्रहरीले पनि त्यति धेरै चासो दिएनछ । (कुराकानीका आधारमा)

भिडियो हेरेर मज्जा लिने र सेयर गर्नेहरुलाई के थाहा ति युवायुवतीको पिडा एकपटक कल्पना गरौँ त यदि जानअन्जान बस त्यहिँ घटना आफुँमा परेको भए के हुन्थ्यो ? गल्ति उनीहरुले गरे तर हामी उनीहरुको घाउमा नुन छर्किने काम गर्दैछौँ । सकिन्छ भिडियो डिलिट गर्न पहल गरौँ सकिदैन यस्तो कुराहरु अरु माझ फैलाउने काम बन्द गरौँ । आफ्नो जिन्दगी आफ्नो तरिकाले बाँच्ने स्वतन्त्रता सबैमा छ ।

दुखको अर्को कुरा त जुन त्यो पछिल्लो माफी मागेको भिडियो आयो, त्यो समेत लिक भएको रहेछ । विश्वासका एकजना दाईलाई दाई यस्तो भिडियो बनाएर हाल्दा कस्तो होला ? भनेर पठाएछन् त्यो भिडियो पनि झन नकरात्मकताका साथ बजारमा आयो ।

विवाह गर्ने तयारीमा रहेका उनीहरु अहिले तनाबग्रस्त छन । आफुँहरुले ठुलो गल्ती गरेको स्वीकारेका छन् । यति कुरा लेखिरहनुको मुख्य तात्पर्य चाहिँ पीडामा रहेको त्यो जोडिलाई नानाथरी भन्दै भिडियो भाइरल बनाएर थप पीडा नदिऔं । यही पीडा सहन नसकेर त्यो जोडी वा दुईमध्ये एकले कुनै नराम्रो बाटो रोजे भने तपाई हामी भागिदार हुन्छौँ ।

कसैले आफ्नो बारेमा केहि नराम्रो भन्यो भने रातभर निन्द्रा नलाग्ने हामीमध्ये धेरैको स्वभाव छ । यति धेरै गाली खप्न त्यो जोडीलाई पक्कै गाह्रो हुनेछ । सबैभन्दा ठूलो कुरा त्यो जोडीले गल्ती स्वीकार गरेका छन । उनीहरुको कुरा बुझ्दा भिडियो दुबैमध्ये कुनैले पनि बाहिर ल्याएका हैनन् । “कस्तो आउँने रहेछ” भन्ने उत्सुकताले मोवाइलमा यस्ता व्यक्तिगत भिडियो खिच्ने जोकोहीलाई पनि उनीहरुकै जस्तो समस्या भोलीका दिनमा पनि पर्नसक्छ । अर्काको नराम्रो भिडियोलाई धेरै सेयर गर्दा तपाईलाई केही मिल्दैन । मिल्छ त केबल त्यो जोडीलाई झन बदनाम र थप पीडा ।

जापानमा एकजनाले गरेको प्रयास

पहिला म्यासेन्जरबाट सेयर भैरहेको भिडियो केही घण्टामै पोर्नहबमा भेटियो । हटाउनका लागि अपिलसहितको इमेल लेखेको थिएँ ४८ घण्टाभित्र हटाइदिने प्रतिबद्धता सहित रिप्लाई आयो । साथै अरु २ वटा पोर्न साइटमा पनि भेटियो । भिडियो जापानको योकोहामाबाट अपलोड भएको देखिन्छ । मैले गर्न खोजेको अनुरोध भनेको त्यसरी पोर्न साइटतिर नराखिदिनुस्, सेयर गरेर भाइरल बनाउँछु भन्नेतिर नलाग्नुस् । कुनै पोर्न साइटमा त्यो भिडियो भेट्नुभयो भने मलाई खबर गरिदिनुहोला, हटाउनका लागि जानेसम्मको पहल गर्नेछु । नाताले उनीहरु मेरो कोही पर्दैनन्, चिनेको पनि थिइन । मानवीयताका नाताले यत्ति अनुरोध गर्छु, “कसैको आत्महत्याको कारण तपाई नबनिदिनुस् ।”