मलेसियाको जे’लमा रहेका चौधरीको ११ वर्षको कै’द स’जाय माफ, फर्किए स्वदेश

काठमाडौँ। मलेसियामा एक नेपालीको कै’द स’जाय माफ भएको छ । मलेसियाको मलाका राज्यको सरंगाई उडांगा जे’लमा रहेका लहान,सिरहाका सुभेकलाल चौधरीको ११ वर्षको कै’द स’जाय माफी भएको हो।

नेपाली दूतावास, क्वालालम्पुरका अनुसार चौधरी सन् २०१२ को अगष्ट १४ मा मलेसियामा प’क्राउ परेका थिए।

चौधरीलाई सन् २०१५ को जनवरी २६ मा मलाका उच्च अदालतले मलेसियन पेनल कोडको दफा ३०४ (क) को अभियोगमा दो’षी ठहर्‍याई १५ वर्षको जे’ल सजाय सुनाएको थियो।

उनी जे’ल परेको कारण भने दूतावासले खुलाएको छैन् । उनको रिहाइको लागि दूतावासले विशेष पहल गरेको जनाएको छ ।

४ वर्ष जे’ल जीवन बिताएका चौधरी मंगलबार नेपाल फिर्ता भएको दूतवासले निकालेको सूचनामा जनाइएको छ ।