पाकिस्तानी सेनाले कश्मीरमा गरेको गो’लीबारीमा सुवास थापा शहीद भए

काठमाडौं। जम्मूकश्मीरमा सुवास थापा गोर्खा जवान शहीद भएका छन्। शुक्रवार पाकिस्तानी सेनाले गरेको गोलीबारीमा अप्पर बाघडुग्रास्थित पानीघट्टा मोडनिवासी थापा शहीद भएका हुन्। ३र५ गोर्खा राइफल्सका जवान सुवास शहीद थिए।

शहीद सुवास थापाको पार्थिव शरीर भोलि अर्थात् शनिवार विशेष विमानमार्फत् बाघडुग्रा ल्याइपुऱ्याइनेछ। शुक्रवार बिहान पाक सेनाले यु’द्धविरामको उल्लङ्घन गरी रजौरी जिल्लाको नौशेरा सेक्टरमा गरेको गो’लीबारीमा सुवास थापा शहीद बनेका हुन्।