२९ वर्षदेखि फ’रार अ’परा’धी सलमानको घरबाट प’क्राउ

एजेन्सी। मुम्बई पुलिसले बुधबार बलिउडका सुपस्टार सलमान खानको घर रेखदेख गर्ने व्यक्तिलाई प’क्राउ गरेको छ। विगत २० वर्षदेखि खानको घर रेखदेखमा खटिएका शक्तिसिद्धेश्वर राणालाई प्रहरीले प’क्राउ गरेको हो ।

सलमान खानको गोराईको घरबाट प’क्राउ परेका राणा एक अ’पराधी रहेको प्रहरीले जनाएको छ । राणामाथि जब’रज’स्ती चो’री र ह’मलाको मु’द्दा दर्ता रहेको छ । उक्त मुद्दामा जमानतमा बाहिर आएका राणा फ’रार रहेका थिए । प्रहरीले उनको २९ वर्षदेखि खोजी गर्दै आएको थियो ।

६२ वर्षीय वृद्धले सलमान खानको घर रेखदेख गर्दै बसेको खबर मुम्बई पुलिसले पाएपछि प्रहरी अ’पराध शाखाको टोलीले योजनाब’द्ध रुपमा सलमान खानको घरमा छा’पा मारी उनलाई हि’रासतमा लिएको थियो ।