स्की लिफ्टको तारमा गएर तुर्लुङ्ग झु’न्डियो विमान (भिडियो)

एजेन्सी। इटालीमा पर्ने आल्प्स पर्वतमा एउटा विमान स्की लिफ्टको तारमा गएर अड्किएपछि त्यसमा सवार पाइलट र यात्रु चमत्कारपूर्ण रूपमा बाँचेका छन् ।

नाटकीय तस्वीरहरूमा हलुका विमान ओभरहेड केबलहरूमा गएर अड्किएको र तुर्लुंग झु’ण्डिएको देखिन्छ । ६२ वर्षीय पाइलट विमानबाट हुत्तिएर पखेटामा पछारिएका थिए । घ’टना इटलीको उत्तरतर्फ रहेको लोम्बार्डीमा भएको हो।

उनलाई गम्भीर चो’टप’टक लागेन र नजिकैको एक अस्पताल लगिएको छ । भारेसका ५५ वर्षीय पर्यटक विमानका यात्रु थिए र उनलाई कुनै चो’टपट’क लागेको छैन ।

उनीहरूलाई उद्धार गर्न २० जना सैनिक, अग्निनियन्त्रक र गुफा तथा पहाडका उद्धारकहरूले ९० मिनटको उद्धार कारवाही गर्नुपरेको थियो । दु’र्घ’टना आइतवार मध्यदिनमा भएको थियो ।

राष्ट्रिय गुफा तथा पहाड उद्धार इकाइका एक प्रवक्ता पाल्टन मिलानले ती दुईजना बाँच्नु आफैंमा एक चमत्कार भएको बताए ।