“श्रीमतीले कुइरे मनपर्दैन भन्दा चित्त दुखेको थियो”

‘तिम्रो घरको खसी कत्रो, मेरो घरको त यत्रो।’

झन्डै पाँच वर्ष पनि ननाघेको एउटा बच्चाले झन्डै उत्रै उमेरको अर्को साथीलाई सोधेको थियो। खसी सानो र ठूलो भयो भने के हुन्छ त? भनेर सोध्दा ती दुईमध्ये एक जनाले तोते बोलीमा भनेको थियो, ‘जसको घरमा ठूलो खसी उसकै परिवार धनी।’

त्यस्तो सानो बच्चाको कुरा सुनेर म त छक्कै परेँ। कुरा इलामको सिद्दीथुंकाको बसाइताका आउँदै गरेको दसैंको हो।

अहिले पनि दसैंको माहोल छ। मैले नेपालमा लगातार दसैं मनाउन थालेको ५ वर्ष भइसक्यो। आज म पहिलोपटक नेपालमा दसैं मनाएको २२ वर्ष अघिको कथा सुनाउँछु।

त्यो बिहान, आफू सुतेको खाटबाटै झ्याल खोलेर हरिया पहाडमाथि सर्लक्क झुल्केको सूर्य दर्शन गर्न म सबैरै उठेको थिएँ। सूर्यको किरणले बारीमा फूलेका सयपत्रीहरूमा थप सुनौलो चमक दिएको थियो। म बसेको कोठालाई न्यानो पारेको थियो। घरको भुइँतल्लातिरबाट मान्छेका कल्याङमल्याङ र ओहोरदोहोरका आवाज आइरहेको थियो। पूरा पढ्नुहोस…