सडक नबनाएको भन्दै मेयरलाई ट्रकमा बाँधेर घि’सारि’यो

एजेन्सी। मेक्सिकोका एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँ’धेर सडकमा घि’सारेका छन्।

चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जर्बर्जस्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँ’धेर सडकमा घि’सारेका हुन्।

बीबीसीका अनुसार मेयर हुन अगाडि उनले गाउँका सडकहरु बनाउने वाचा गरेका थिए। तर त्यो वाचा पुरा नगरेपछि गाउँलेहरु उनीबाट रु’ष्ट भएका हुन्।

विग्रिएको सडकमा घि’सारिँदा उनको ढाँड, हात तथा खुट्टामा चो’टप’टक लागेको छ। प्रहरीले गाउँलेलाई नि’यन्त्रणमा लिएपछि मेयर जर्जको ज्या’न बचेको जनाइएको छ।११ जना मानिसहरुलाई प्रहरीले यतिबेला नि’यन्त्रणमा लिएको छ।

मेक्सिकोमा खासगरी लागुऔषध तस्करहरुले मेयर तथा राजनीतिज्ञमाथि आक्रमण गर्ने गर्दछन्। विकास निर्माणको विषयमा मेयरमाथिको यस आक्रमणलाई विचार पुर्याउनु पर्ने त्यहाँका राजनीतिक विश्लेषकहरुले बताएका छन्।