राष्ट्रपतिले प्रधानमन्त्रीलाई टीका लगाएर राजामहाराजा शैली देखाइन् : बाबुराम भट्टराई

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्रीलगायत उच्च ओहोदाका व्यक्तिलाई टिका लगाएको प्रति सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्रपतिको शैली राजामहाराजाको शैली भएको भन्दै विरोध जनाएका छन् ।

सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले राष्ट्रपतिले टीका लगाउनु कुप्रथाको निरन्तरता भन्दै कडा टिप्पणी गरेका छन् । उनले आफ्नै नाता वा उमेरका बीचमा टीकाटालो गर्ने शास्त्रीय परम्परालाई राष्ट्रपति र प्रधानमन्त्रीबाट राजामहाराजाले झैं प्रथा भित्र्याएको भन्दै आलोचना गरेका छन् ।

समाजवादी पार्टीका संयोजकसमेत रहेका भट्टराईले गणतान्त्रिक व्यवस्थामा राजामहाराजाको परम्परालाई कायम राख्न नहुने बताए छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘शास्त्रीय विधि/परम्परा अनुसार नाता/उमेरको आधारमा टीकोटालो गर्ने हो ओहोदा/जातको आधारमा हैन ! हिजो राजामहाराजाले घुसाएको विकृति लोकतन्त्र/गणतन्त्रमा कायम राख्न मिल्दैन ! राप/प्रमले यो कुप्रथा छोडून्छो/डाऔं !’