प्रहरी भन्छन्– हामी तपाईंलाई लिएरै मात्र जान्छौं

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादु महराले प्रहरीमा आ’त्मसमपर्ण गर्ने भएका छन् । महराले प’क्राउको लागि आएका प्रहरीलाई आफूले आ’त्मसमर्पण गर्ने बताएका हुन् ।

प्रहरीले महरालाई प’क्राउ पुर्जी बुझाएको छ । कर्मचारी ब’ला’त्का’र आ’रोप लागेका महरालाई प्रहरीले अदालतको अनुमतिमा आइतबार बेलुकी बालुवाटारस्थित सभामुख निवास पुगेर पक्राउ पुर्जी थमाएको हो । पुर्जी थमाएपछि प्रहरीले महरालाई प’क्राउ प्रयास गरिरहेको छ । तर महराले भने ‘तपाईहरु जानुस, म आउँछु’ भनेर प्रहरीलाई फर्काउने प्रयास गरेका छन् । तर प्रहरी टोली भने महरालाई पक्राउ गर्ने अडान लिएर बसेका छन् ।

महरालाई प’क्राउ गर्न प्रहरी टोली आइतबार बेलुका बालुवाटारस्थित सभामुख निवास पुगेको हो । महरालाई प्रहरीेले अदालतको अनुमतिमा प’क्राउ गर्न लागेको हो । महरालाई प’क्राउ गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो । जिल्लाका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई ब’ला’त्का’र प्रयास गरेको आरोपमा जाहेरी परेपछि निर्वतमान सभामुख महरालाई प’क्राउ गर्न प्रहरीले जिल्ला अदालतसँग अनुमति मागेको थियाे।