‘छुट्टी पाइएन भनेर म दुःखी चाहिँ हुन्नँ, मेरा लागि प्रहरी संगठन नै एउटा परिवार हो’

काठमाडौं। एक वर्षअघि दशैँको बेला महानगरीय प्रहरी प्रभाग पुल्चोक, प्रमुख थिइन्, इन्स्पेक्टर (प्रहरी निरीक्षक) चेतना पोखरेल। त्यतिबेला दशैँ रमाइलो, घरपरिवारसँगको जमघटभन्दा पाएको जिम्मेवारी ठूलो थियो। मन्त्रि निवाससहित पुल्चोक आसपासको शान्ति, सुरक्षा एवं त्यसका उपायहरु खोजी गर्दा र कार्यान्वयन गर्दै उनको समय बित्थ्यो।

दशैँमा घर जान नपाउने कुरा उनले पहिलै बुझीसकेकी थिइन्। त्यही भएर उपाय निकालिन्। बुवाआमालाई काठमाडौं नै बोलाइन्। ड्युटी बीचमा एक घन्टा समय निकालेर बानेश्वर डेरा पुगिन्। बाबुआमासँग टीका लगाएर फनक्क ड्युटीमै फर्किइन्।

‘प्रहरी युनिफर्म र हातमा सञ्चार सेट बोकेर बुवाआमासँग टीका थाप्न पुगेको त्यो क्षण सम्झँदा मलाई गर्व लाग्छ’, चेतना भन्छिन्, ‘जनताको सेवामा खटिने हामी प्रहरीका लागि दशैँ, तिहारभन्दा जिम्मेवारी ठूलो हुन्छ। जिम्मेवारीकै क्रममा टीका थाप्न पाउनु मेरा लागि एउटा सौभाग्य नै हो।’ पूरा पढ्नुहोस…