ओरालो लागेको मृगलाई बाछोले पनि खेद्छ, त्यही हालतमा महरा

काठमाडौं । कुनैबेला कृष्णबहादुर महराको पछाडि लाग्ने धेरै थिए । उनका पछाडि नेता, कार्यकर्ता, कर्मचारी देखि व्यापारी सम्म लाग्थे । भेट्नेको भ्याइनभ्याई हुन्थ्यो । तर, अहिले उनै महरा कोठा समेत नपाउने अवस्थामा पुगेका छन्।

सभामुख पदबाट राजीनमाा दिएपछि सभामुख निवास बालुवाटार छाडेपछि महरा कोठा नपाएर छटपटिएका छन्। दशैंको मुखमा कोठा नपाउँदा महरा परिवार तनावमा छ। भेट्न आउनेहरु पनि पातलिएका छन्।

नेपालीमा एउटा उखान छ, ओरालो लागेको मृगलाई बाछोले पनि खेद्छ । महरा त्यही हालतमा पुगेका छन् । उनले सहयोग गरेकाहरु नै बिच्किएका छन् । तिनीहरुबाट सहयोग पाएनन् । आफ्नै दल नेपाल कम्युनिष्ट पार्टीबाट पनि महराले साथ पाउन सकेनन् । उल्टै उनीमाथि प्रहार भइरहेको पूर्व माओवादी पक्षधरबाट उठिरहेको छ।

महराका छोराहरुले फेसबुकमार्फत् आफ्नैले सहयोग नगरेको पोष्ट गरेर असन्तुष्टि समेत पोखिसके । यतिसम्मकी पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले खाली पद हात पार्न हतारो गरिरहेको टिप्पणी समेत गरे।

रोशनी शाहीले जर्ब’ज’स्तीको आ’रोप लगाएपछि राजीनामा दिन वाध्य भएका महरालाई परिवारको भने साथ छ । पत्नी र छोराहरुले राम्रो साथ दिइरहेका छन् । महराले भेट्न आउनेसँग वि’पत्तिमा को आफ्नो र पराई हुन् भन्ने थाहा हुँदोरहेछ भन्नथालेको बुझिएको छ।