संसारकै सुन्दर महिलाको यस्तो हाल देख्दा रि’साए डिजाइनर

एजेन्सी। ऐश्वर्या राय बच्चनले पेरिस फेशन विकमा आफ्नो र्‍याम्प वक गरेकी छिन् । जहाँ एकातर्फ र्‍याम्प वकमा यो डेब्यूको विषयमा उनको प्रशंसकको तारिफ गरिरहेका थिए । यस्तै, भारतीय डिजाइनर वेन्डल रोड्रिक्सलाई उनको लुक मन परेन । डिजाइनर वेन्डल उनको लुकका लागि यति रुष्ट भए कि उनले आफ्नो एक इन्स्टाग्राम पोस्टमा स्टाइलिस्टलाई बर्खास्त गर्न माग गरेका छन् ।

वेन्डल रोड्रिक्सले आफ्नो इन्स्टाग्राम पोस्टमा लेखे, ‘लोरियल तपाईंसँग संसारको सबैभन्दा सुन्दर महिला छिन् र तपाईंले उनलाई कस्तो मेकअप गर्नुभएको, यस्तो लुगा लगाइदिनुभयो रु यो ड्रेस लगाइदिने स्टाइलिस्टलाई निकाल, उसलाई भनिदेउ कि हेलोविन अर्को महिना हो ।’

स्मरण रहोस्, पूर्व विश्व सुन्दरी तथा बलिउड नायिका ऐश्वर्या राय बच्चन धेरै वर्षदेखि लोरियल कम्पनीकी ब्रान्ड एम्बेसेडर हुन् । उनले लोरियल पेरिस फेशन विकमा र्‍याम्प वक गरिन् । यतिबेला ऐश्वर्याले डोल्चे एण्ड गबानाको ट्रेन्ड ड्रेस लगाएकी थिइन् । हाई नेक र फुल स्लिभ भएको पर्पल रङको ड्रेस डिजाइनर वेन्डल रोड्रिक्सलाई मन परेन । यस्तै, ऐश्वर्याको मेकअप पनि राम्रो लागेन ।