गाईको गोबरबाट बन्यो साबुन, मूल्य कति ?

एजेन्सी। नेपालमा मात्र होइन संसारभर अहिले प्राकृतिक सामाग्रीको प्रयोगमा जोड दिन थालिएको छ । भारतमा त्यसैलाई बढवा दिनका लागि गाईको गोबरबाट बनेको साबुन प्रचलनमा आएको छ ।

रासायनिक पदार्थबाट बनेको साबुनले विभिन्न खालका स्वास्थ्य समस्या उत्पन्न गर्ने भएकाले प्राकृतिक साबुनको प्रयोगमा जोड दिइएको हो । त्यसैले भारत सरकार आफैले साबुन उत्पादन थालेको हो ।

गाईको गोबर बनाउनका लागि भारत सरकारको ग्रामोधोग विभाग सक्रिय भएको थियो । आम नागरिकका लागि केन्द्रीय मन्त्री नितिन गडकरीले साबुन सार्वजनिक गरेका छन् । बिक्री खुल्ला भएसँगै माग ह्वात्तै बढेको छ ।

सामान्य साबुन ४०/५० रुपैयाँमा पाउनेमा गाईको गोबरबाट बनेको साबुन १२५ भारतीय रुपैयाँ पर्नेछ । यो साबुनको मुख्य विशेषता भनेको शरीरमा कुनै पनि प्रकारको नकरात्मक असर गर्दैन । यसले प्राकृतिक अवस्थामै चमक ल्याउँन मद्दत गर्छ ।

दक्षिण एसियालाई लक्षित गरेर भारत सरकारले साबुन उत्पादन सुरु गरेको हो । एक वर्षमा १० हजार करोड भारतीय रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको छ । साबुनसँगै बाँसबाट बनेको बोटल पनि सार्वजनिक गरिएको छ ।