अमेरिकामा देह’त्याग गरेकी सुनिताको सु’सा’इड नोटमा नेपाली युवाको नाम

काठमाडौं। नेपालीहरूको घनावस्ति रहेको सानफ्रानसिस्को बे एरियामा देहत्यागको अर्को दुखद खबर केहि समय अगाडी थपिएको छ । २७ वर्षीय नेपाली युवतीले आफ्नै कोठामा देहत्याग गरेकी थिईन । सानफ्रानसिस्को डाउनटाउनमा रहेको आफ्नै कोठाको पंखामा झु ण्डि एर उनले देह’त्याग गरेकी हुन् । प्रहरी घ’टनास्थलमा आएर मुचुल्का उठाई पोष्टमार्टमका लागि श व अस्पतालमा लगेको छ । २७ वर्षीय सुनिता लिम्बुले देहत्याग गर्नु अगाडि सु’सा’इड नोट पनि लेखेकी छन् ।

परिबार स्रोतका अनुसार सुनिता लिम्बु देहत्याग गर्नु केही बेर अगाडिसम्म घरमा रहेका परिवारका सदस्यहरूसँग राम्रैसँग कुराकानी गरिरहेकी थिइन । बुवा, आमा र परिवारका अरू सदस्यसँगै उनी सानफ्रानसिस्को डाउनटाउन नजिकै वस्तै आएकी थिइन । सबै जना घरबाट बाहिर निस्किएको केही बेरमा नै उनले देहत्याग गरेकी हुन् । देहत्यागको कारण नोटमा लेखिएको छ । उनका श्रीमान् बेलायतमा वस्तै आएका छन् । उनको एउटा बच्चा पनि छ । सुनिता सानफ्रानसिस्को मै एक जना नेपालीको रेष्टुरन्टमा काम गर्दै आएकी थिइन ।

अनुसन्धान प्रक्रिया पुरा गरेपछि अमेरिकी प्रहरीले परिवार भेट्यो । सु-साइड नोट, झु-ण्डिएको प्रकृति र पोस्टमार्टम रिपोर्टका आधारमा सुनिताले आ-त्मह-त्या गरेको अमेरिकी प्रहरीले निष्कर्ष निकालेको छ । मृ त्युवरण गर्नु अगाडि सुनिताले लेखेको सु साइड नोट प्रहरीले परिवारलाई फिर्ता दियो । सुनिताले सूसाइड नोट दुई पटक लेख्न प्रयास गरेको देखिन्छ । वापहिलो पानाको बिच भागमा उनले लेख्न शूरु गरेर अपुरो छोडेकी छन् ।

सानफ्रानसिस्कोमा बस्ने युवा अविशेकको नाम लेखेपछि उनले वाक्य पुरा गर्न सकिनन् दोस्रो पानाको सिरानमा भने उनले मृ त्यु वरण गर्नु पर्ने कारण व्यक्ति भएको खुलाएकी छन् । सू साइड नोटमा लेखिएको छ “अविशेक इज माई रिजन अफ डे थ” अर्थात् ‘अविशेक मेरो मृ त्युको कारण हो ।’

बुवा, आमा र परिवारका सदस्यहरूलाई अविशेकको बारेमा कहिल्यै केही नभनेकी सुनिताले सू साइड नोटमा मृ त्युको कारण नै अविशेक भनेर नाम किटान गरेपछि थप खुलदुली भयो । कसैसँगको प्रेम र सम्बन्धको आवेगमा आएर सुनिताले यस्तो गरिन भनेर विश्वास गर्न गाह्रो भए पनि नियतिले स्वीकार गर्न बाध्य बनायो । आमा गोमा अधिकारीले भक्कानिँदै भनिन “छोरीको कसैसँग कुनै सम्बन्ध थियो भन्ने हामीलाई थाहा थिएन । हामीलाई कुनै तनावमा भएजस्तो पनि देखाइनन् । अघिल्लो दिन मात्र साथीहरूसँग उसले रमाइलो भेटघाट गर्दै फोटो खिचाएर फेसबुकमा राखेकी थिइन ।”

नपुग्दो केही थिएन । अमेरिकामा रेस्टुरेन्ट म्यानेजर भएर काम गरिरहेकी सुनिता परिवारसँगै बस्तै थिइन । विश्वको महाशक्ति र वैभवको देश अमेरिकामा बस्दा पनि सङ्गत, सोच र मनस्थितिले मानिसलाई अप्रिय बाटोमा हिँडाउन सक्छ भन्ने यो एउटा दुखद दृष्टान्त हो । जीवनको उत्तरार्धमा हिँडिरहेका बुवा गङ्गा लिम्बु बुढेसकालमा सहारा दिने जवान छोरी गुमाउँदाको पीडाले अहिले पनि तङ्ग्रिन सकेका छैनन् । सन्तानको वियोगमा रहेका लिम्बुले दूरबिन नेपालसँग कुरा गर्दै भने “मेरो छोरीलाई यस्तो अवस्थामा पुर्‍याउने व्यक्तिलाई कानुनी कारबाही गराउन सकिन्छ की सकिँदैन भनेर साथीभाइहरूसँग सल्लाह गरिरहेको छु । परदेशमा दुख गरिरहेका अरू नेपाली परिवारले मेरो जस्तो सन्तानको वियोग सहनु नपरोस् भन्ने मेरो चाहाना छ ।”

सु-साइडको कारण

सानफ्रानसिस्कोमा बस्ने नेपाली युवा अविशेक लकन्द्री र सुनिता लिम्बु बिच डेढ वर्ष अगाडि देखि नै सम्बन्ध नजिकदै गएको देखिन्छ । सुनिताको फेसबुक म्यासेन्जरमा सुरक्षित रहेको म्यासेज अध्ययन गर्दा घटनाको कारण जो कोहीले सहजै अनुमान गर्न सक्छ । दुई जना बिचमा एक अर्काको शारीरिक बनौट देखि अरू थुप्रै योजनाका विषयमा रोचक संवाद भएको भेटिन्छ । अविशेक नेपाल गएर अर्को केटीसँग सम्बन्ध बढाए पछि भने परिस्थिति उल्टो भयो ।

एकाएक अबिशेक टाढिन खोज्ने तर सुनिता संवन्धबाट अलग हुन नदिने शैलीका लिखित संवाद म्यासेन्जरबाट आदान प्रदान भएको छ । पुरानै अवस्थालाई निरन्तरता दिलाउन सुनिताले हर प्रयास गरेकी छिन् । अविशेकलाई आ त्मह त्या गर्न सक्ने मनस्थितिमा पुगेको आवेशपुर्ण चेता वनी पनि दिएकी छन् । लिखित संवादमा दुवै पक्षले संयमता गुमाउँदै गए । सुनिताले घरको पङ्खामा सल बाँधेर ‘यसैमा झु न्डिएर म र्छु’ भनेर पङ्खा र सलको फोटो समेत पठाएकी छन् । जवाफमा अविशेकले ‘म र्नु एक मात्र उपाय भए म र’ भन्ने लिखित जवाफ दिएका छन् ।

लिखित संवादको बिचमा फोन संवाद र फेरि लिखित संवाद चलिरहेको भेटिन्छ । फोन संवादमा पनि सु साइडको विषयमा कुराकानी भएको हुनसक्ने देखिन्छ । लिखित संवादमा अविशेकले सु साइडको कुरा गरेर आफूलाई ‘ब्ल्याक मेल’ गरेको आरोप लगाएका छन् ‘प्रहरी र आकस्मिक सेवाको ९११ र सुसाइड अर्गनाइजेशनलाई खबर गरेको’ अविशेकले पठाएको म्यासेजमा देखिन्छ । तर अविशेकले उनलाई जोगाउन परिवारका सदस्यलाई भने जानकारी गराएको देखिँदैन । दुई जना बिचको सम्बन्ध र पछिल्ला खराब संवादबाट थपिँदै गएको मानसिक तनावले सुनिता अप्रिय निर्णय गर्ने मनस्थितिमा पुगेको अनुमान लगाउन गाह्रो छैन ।

लिखित संवादमा सुनिताले एक महिना आफूलाई साथ दिन आग्रह गरेकी छन् । अविशेकले त्यसलाई अस्वीकार गर्छन् । सुनिताको यस्तै स्वभावले अरूसँग सम्बन्ध बिग्रिएको आरोप अविशेकले लगाएका छन् । सपना टुटेर बेचैन बनेपछि मानसिक रूपमा कमजोर देखिँदै गएकी सुनिता सम्बन्ध तोडिएर बाच्नु भन्दा भौतिक रूपमा अलग हुने निष्कर्षमा पुगेको देखिन्छ । अविशेकले सुनिताको भनाइलाई ध म्कीको रूपमा नलिई उनको तनाव कम गर्ने प्रयास गरेको भए सायदै यो परिस्थिति आउने थियो ।