कोरियाको ‘थेगु सेल्टरमा’ दशैं विशेष कार्यक्रम आयोजना हुने

सिउल। दक्षिण कोरियाको ठूलो शहर थेगुमा रहेको ‘थेगु सेल्टरमा’ दशैं विशेष कार्यक्रम हुने भएको छ ।

वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको दुखको सारथी बन्दै आइरहेको थेगु सेल्टरले यस पटक दशैं विशेष कर्यक्रम आयोजना गर्ने भएको छ ।
हिन्दु नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा यहीँ अक्टोबर ६ तारिख आइतबार अष्टमीको दिन कार्यक्रम हुने छ ।

लामो समय देखि कोरियाको थेगु शहरमा रहेको सेल्टरले कोरियामा काम छोडेका नेपालीहरुको लागि थोरै शुल्कमा गाँसवासको व्यवस्था गर्दै आइरहेको छ ।

साथै दुखपिडामा रहेका नेपाली कामदारहरुलाई साहयता गर्दै आइरहेको सेल्टरले यस पटक दशैं विशेष कर्यक्रम आयोजना गरेको हो ।

विदेशमै भए पनि आफ्नो धर्मसंस्कृति जगेर्ना र यहाँ रहेका सबै नेपालीमा भाइचाराको सम्बन्धलाई अझैं प्रगाढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिने भएको छ ।

सेल्टरका संञ्चालक सुजन ज्ञवालीले भने ” रोजगारीको सिलसिलामा कोरियामा रहेका सबै नेपालीको दशैं हर्षोल्लासकासाथ मनाउँन हामीले यस पटक एक आपसमा शुभकामना आदान प्रदान गरेर मनाउँने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौं ” ।

यसरी दशैंको कार्यक्रम गर्दा यहाँ रहेका नेपालीहरुमा अझैं भाइचारा र मित्रवत सम्बन्ध प्रगाढ हुने उनले विश्वास लिएका छन् ।

कार्यक्रममा उपस्थितीका लागि यहाँ कार्यरत सम्पूर्ण नेपाली, बिभिन्न संघ संस्थाका प्रमुख, समाजसेवी बुध्दिजिबी वर्गलाई थेगु सेल्टर संचालकले आग्रह समेत गरेको छन् ।

कार्यक्रममा थेगु सेल्टरमै हुने छ । विदाको दिन परेकाले धेरै नेपाली दशैं विशेष कार्यक्रममा सहभागी हुने संञ्चालक ज्ञवालीले विश्वास लिएका छन् ।