सलोन बस्नेतले खोले आसन लाउन्च एण्ड बार

काठमाडौं । अभिनेता सलोन बस्नेतले आसन लाउन्च एण्ड बार सञ्चालनमा ल्याएका छन् । नयाँ वर्षको अवसर पारेर ललितपुरस्थित झम्सीखेलको बिग मार्ट अगाडि सलोनले रबिन कँडेलसँग मिलेर उक्त बार सञ्चालनमा ल्याएका हुन् ।

एक करोडभन्दा बढी लगानी रहेको बारमा हरेक दिन लाइभ म्युजिक हुनेछ । बारमा सफिक हप ब्यान्डले गीत गाउने छ ।
बारमा इन्डियन, चाईनिज, कन्टिनेन्टल सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ्ग सुविधा पनि छ । यहाँ १५० जनासम्मले आरामदायी सुविधासहित सेवा पाउनुहुनेछ’’, विज्ञप्तिमा उल्लेख छ ।