चौतर्फी वि’वाद पछि रोशनीको तेस्रो युटर्न, आज फेरी बोलि फेरिन् (भिडियो)

काठमाडौं। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथिगम्भीर आ’रोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले तेश्रो दिनमा तेश्रो पटक यु(टर्न गरेकी छिन। चिन्दै नचिनेको महिलाको घरमा सिधै आएर झु’क्याएर बोल्न लगाएको भन्दै अन्तरबार्ता बाहिर लिने पत्रकार बि’रुद्द कानुनि उपचार खोज्ने बताएकी छिन्।

बुधबार रोशनीले भनिन मेरो आधिकारिक कुरा पछिल्लो भिडियोमा आएको छ हाम्राकुरा मार्फत बाहिर आएको उक्त भिडियो सुनियोजित रुप्मा मलाई ज’बर्ज’स्ति गरेर खिचिएको हो त्यसमा सत्यता छैन बरु मेरो इज्जतमा आँच पर्न गएकोले पत्रकार बि’रुद्द मु’द्दा हाल्न सक्छु रोशनीले भनिन। बुधबार बिहान रोशनी संग गरेको कुराकानी सुरक्षित रहेको छ।

रोशनीले नागरिक दैनिकसंग कुराकानीमा सभामुख महराले आफूमाथि कुनै पनि दु र्व्यवहार नगरेको बताएकी थिईन। पत्रकारलाइ मु’द्दा हाल्ने कुरा संगै रोशनी शाहीले ३ दिनमा लिएको तेश्रो यु टर्न हो। शाहीले सुरुमा महरामाथि आफ्नै कोठामा आएर जबर्ज’स्ति गरेको आ’रोप लगाएकी थिइन।

भिडियो हेर्नुहोस:

महरा र पीडित दुवैको पक्षमा अनुसन्धान हुनुपर्छ : कानूनविद्

कानून व्यवसायीहरुले राजीनामा ससर्त नहुने भएकाले संसद्को पहिलो बैठकबाट नै त्यसको जानकारी दिई नयाँ सभामुखको निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने सुझाव दिनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँहरुले महराको सभामुख पदमा पुनर्बहालीको सम्भावना नरहेको भन्दै नयाँ निर्वाचन मात्रै अन्तिम विकल्प भएको बताउनुभयो ।

नेपाल बार एसोसिएशनका महासचिव लीलामणि पौडेलले संसद्मा घटेको अनौठो घ’टनाप्रति आश्चर्य प्रकट गर्दै अब सभामुखको राजीनामापछि संविधान, कानून तथा संसदीय नियमावलीअनुसार नयाँ सभामुखका लागि निर्वाचन हुनुपर्ने बताउनुभयो । उहाँले पी’डि’तले मौखिक सूचना दिइसकेकाले महरामाथि फौजदारी कार्यविधि संहिता आकर्षित हुने प्रस्ट पार्नुभयो ।

संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले पीडितको सूचनाका आधारमा महरामाथि अनुसन्धान शुरु गर्नुपर्ने र निर्दोष ठहरिए पुनः सांसद हुने नाताले नयाँ सभामुखको निर्वाचनमा उम्मेदवार बन्न पाउने बताउनुभयो । उहाँले अनुसन्धानका क्रममा प्रमाण नपुगेको अवस्थामा प्रहरीले त्यो मुद्दालाई तामेलमा राख्नसक्ने अथवा महान्यायाधिवक्ताले मुद्दा चल्न नसक्ने भनी निर्णय गर्नसक्ने बताउनुभयो ।

ज्ञवालीले पीडितले जाहेरी नदिए पनि अनुसन्धान प्रक्रिया नरोकिने बताउँदै बला त्कार भएको पुष्टि भए १५ वर्ष, सामान्य भए तीन वर्ष तथा कु टपिट गरेको ठहरिए एक वर्ष कैद सजाय हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।

नेपाल बार एसोसिएशनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले महराका साथै पीडितको पक्षमा पनि अनुसन्धान गर्नुपर्ने बताउनुभयो । पीडित महिलाले महराको चरित्र ह त्या गर्ने मनसायले त्यस्तो अभिव्यक्ति दिएको हो भने ती महिलामाथि पनि अनुसन्धान गरी साइबर क्राइमको मुद्दा चलाउन सकिने उहाँको भनाइ थियो ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनका महासचिव लक्ष्मी दाहालले अब सभामुखको नयाँ निर्वाचन हुनुपर्ने तथा महरा र पीडितको पक्षमा अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउनुभयो ।