गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा पुगे भारतीय दूतावास

काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय दूतावास पुगेका छन् ।

उनी नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई बिदाइ गर्न दूतावास पुगेका हुन् ।

उनी विदेश सचिव भएर भारत फर्कंदै छन् ।