‘रेनुलाई भरतपुरका जनताले खोजेका हुन्’- नारायण दाहाल

राष्ट्रियसभाका नवनियुक्त सदस्य नारायण दाहालले चितवनको भरतपुरमा रेनु दाहाललाई त्यहीँका जनताले खोजेको बताएका छन्।
राष्ट्रियसभा सदस्यमा सपथ लिएपछि पत्रकारहरुसँग बोल्दै उनले रेनुको कामका कारण भरतपुरका जनताले उनलाई खोजेको बताएका हुन्।

‘कामले मान्छे खोज्ने हो। को व्यक्ति कता हो भन्ने कुरा भरतपुरमा गएर हेर्नुभयो भने थाहा हुन्छ। रेनुलाई हामीले खोजेको होइन, भरतपुरका जनताले खोजेका छन्। त्यहाँको विकास निर्माण, त्यहाँका कामले गर्दा खोजेका हुन्’, उनले भने, ‘अर्को कुरा के हो भने रेनु आफैँमा प्रचण्डकी छोरी भएर आएकै होइन यो आन्दोलनमा। उनी त आन्दोलनकारी भएर आएकी हुन्।’

रेनु पार्टीको नेताको रुपमा आएको उनले बताइन्। ‘पार्टीको कार्यकर्ताको रुपमा आएको हो। पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै आएको पनि हो। हिजो हामी युद्धमा हिँड्दा तपाईंका छोराछोरीहरू के? भन्ने प्रश्न आउँथ्यो?’, उनले भने, ‘म गर्वकासाथ भन्छु हाम्रो परिवारमा अध्यक्षका छोराछोरीदेखि सबै, मेरो छोरा, बुहारी, बुढी सबै हामी युद्धमै थियौँ। दश वर्षको जनयुद्धमा हामी

आफूलाई सम्पूर्ण रुपमा समर्पित भएर हिँडेकालाई यो कुरा भन्नुको तुक त छैन। तैपनि यसलाई हामीले त्यही ढंगले सम्झाउने, बुझाउने गर्नुपर्छ भन्ने मलाई लाग्छ।’