‘केजीएफ २’ले मल्टिप्लेक्स रंगिदा कस्तो होला ‘ए मेरो हजुर ४’को अवस्था ?

काठमाडौँ । साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’को यतिबेला विश्वभर चर्चा छ । यसको प्रभाब नेपालमा पनि गहिरो रुपमा परेको छ ।

मेगा स्टार भनिएका अममोल केसी र राम्रो ब्राण्ड कहलिएको सुहाना इन्टरटेनको व्यानरमा निर्माण भएको फिल्म ‘ए मेरो हजुर ४’ पनि सोही मितिमा प्रर्दशनमा आउने क्रममा रहेको छ । आगामी बिहिबारदेखि रिलिज हुन लागेको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले मल्टिप्लेक्समा अपेक्षित शो पाउन सकेको छैन ।

साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ चौतर्फी बुक भइरहेका बेला साउथ फिल्मको तुलानामा ‘ए मेरो हजुर ४’ले निक्कै कम शो पाएको छ । देशकै ठूलो चेन क्यूएफएक्समा ‘केजीएफ २’ले ६९ शोज पाउँदा ‘ए मेरो हजुर ४’ २७ शोमा खुम्चिएन पुगेको छ ।

क्यूएफएक्ससँगै वन सिनेमाज्, वीग मुभिज, रञ्जना लगायतका हलहरुले नयाँ वर्षको अवसरमा अधिकांश मल्टिप्लेक्सले फिल्मको बुकिङ बुधबार खोलेपनि यसपटक भने एक साता अगाडि नै खोलेका छन् । बुकिङ खुलेको केही समयमा नै साउथ फिल्मको आक्रामक बुकिङ देखिएको छ ।

तर पनि ‘केजीएफ २’ जस्तो ठूलो र प्रतिक्षित फिल्म लाग्दा वितरकहरुले शो उपलब्ध नगराउनु दुखद पक्ष हो ।