एसईई पूरकको परिक्षाको रिजल्ट सार्वजनिक

काठमाडौँ। राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) एसईई पूरक परिक्षाको नतिजा आज बुधबार सार्वजनिक गरेको छ ।

परिक्षा नियन्त्रण कार्यालय नोठिमीले गत भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा आज बुधबार दिउसो सार्वजनिक गरेको हो । परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी भएका थिए। परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय लगायतका संस्थाको वेभसाइट तथा नेपाल टेलिकमको १६०० डायल गरेर थाहा पाउन सकिन्छ ।