पाकिस्तानको नयाँ प्रधानमन्त्री शेहबाज हुने पक्का

इस्लामावाद । इमरान खानको पाकिस्तान तेहरीक–आई–इन्साफ (पीटीआई)का सांसदहरूले राष्ट्रिय सभा बहिष्कार गरेका छन् । मुलुकको नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रिय सभामा हुन लागेको चुनावी सत्र बहिष्कार गर्दै उनीहरू बाहिरिएका हुन् ।

प्रधानमन्त्री पदका लागि पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन)का शेहबाज शरिफ र पीटीआईका शाह महमूद कुरैशीले मनोनयन दर्ता गरेका थिए । पीटीआईका सांसदहरूले सामूहिक रूपमा राजीनामा दिने घोषणा गरेपछि शेहबाज निर्विरोध

प्रधानमन्त्री बन्ने पक्का भएको छ । इमरान खान अविश्वासको मतबाट सत्ताच्यूत भएपछि शेहबाज प्रधानमन्त्री बन्न लागेका हुन् । सन् १९४७ मा पाकिस्तान बनेयता कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गरेका छैनन् ।