पूर्व राजा ज्ञानेन्द्रले यो वर्ष पनि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने, कतिबेला जाने टिका थाप्न ?

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले यो वर्ष पनि सँधै जस्तै दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सो को जानकारी गराएको हो । सचिवालयका अनुसार विजया दशमी दिन अपराह्यन ४ बजेपछि टीका लगाइदिने कार्यक्रम रहेको जनाएको छ ।

त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले दशैंको उपलक्षमा राजधानीका विभिन्न शक्ति पीठको दर्शन गर्ने कार्यक्रम रहेको छ । उनले महाअष्टमीको दिन अपरान्ह उपत्यकाका नक्साल भगवती,गुह्यश्वरी,मैतीदेवी,कालिकास्थान,भद्रकाली,संकटा,नरदेवी,रक्तकाली,शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यो पनि समाचार, नेपाल पत्रकार महासङ्घ झापा शाखाले नजिकिरहेको विजया दशमी, दीपावली, नेपालसम्वत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

आज बिहान विर्तामोडमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश कमिटीका अध्यक्ष विक्रम लुइँटेलले पत्रकारलाई मर्यादित, उत्तरदायी र जिम्मेवार भएर पत्रकारिता गर्न आह्वान गर्नुभयो । कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरीले पत्रकारलाई सत्य र तथ्यमा आधारित भएर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा रमाउनेभन्दा पनि पत्रकारलाई मर्यादित र व्यावसायिक भएर अघि बढ्न अनुरोध गर्नुभयो ।

नेपाली काङ्ग्रेसका जिल्ला सभापति उद्धव थापाले पत्रकारले दलीय स्वार्थबाट माथि उठेर समाचार लेख्नुपर्ने बताउनुभयो । शाखाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो ।