संसदको वेबसाइटबाट महराको नाम हट्‍यो

काठमाडौं। संघीय संसद सचिवालयले प्रतिनिधिसभाको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटाएको छ। वेबसाइटको होमपेजमा सभामुख र उपसभामुखको फोटोसहितको प्रोफाइल लिंक हुन्छ।

यहाँ सभामुखको ठाउँ खाली राखिएको छ। संघीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कारको बरोप लगाएपछि महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए।

मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले पदबाट राजीनामा दिन महरालाई सुझाव दिएको थियो।