महरा भेट्न आफै सभामुख निवास पुगेका प्रचण्डले के भने ?

काठमाडौ। आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीबाट यौ’न दुरा’चा’रको आ’रोप खेपेका सभामुख कृष्णबहादुर महरालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् ।

पार्टी सचिवालयका नेताहरुसँग खुमलटारमा भेटेपछि प्रचण्ड महरा भेट्न आफैं सभामुखको सरकारी निवास बालुवाटार पुगेका हुन् । त्यहाँ दुईजनाबीच करिब आधाघण्टा कुराकानी भएको थियो । स्रोतका अनुसार प्रचडण्ले महरालाई राजीनामा दिन सुझाव दिएका छन् ।

‘तपाईंले राजीनामा दिँदा राम्रो हुन्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै ‘स्रोतले भन्यो, ‘यसो गर्दा मात्र तपाईं, पार्टी र सरकारलाई सजिलो हुन्छ ।’

जवाफमा महराले पार्टी र नेताहरुको निर्देशन मान्न तयार रहेको बताएका थिए । महरामाथि उनकै सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आइतबार राति आफ्नो तीनकुनेस्थित डेरामा आएर महराले ज’ब’र्ज’स्ती क’र’णी गरेको आ’रोप लगाएकी थिइन् ।