प्रहरी नै झ’स्किने गरी १०० नम्बरमा आएको त्यो फोन !

काठमाडौं। आइतवार साँझ ९ बजेर ३ मिनेटमा महानगरीय प्रहरी कार्यालय कन्ट्रोलको १०० नम्बरमा फोन आयो ।

फोन गर्ने महिलाले आफू दु’र्व्य’वहारमा परेको जाहेर गरिन् । प्रहरीले सोधे, ‘कसले गर्‍यो ?’ ती महिलाले दिएको जवाफ सुनेर फोनमा कुरा गर्ने प्रहरी झ’स्किए ।

ती महिलाले भनिन्, ‘मलाई सभामुख कृष्णबहादुर महराले दु’र्व्य’वहार गरे, न्याय पाउँ ।’

त्यसपछि फोन उठाउने प्रहरी कर्मचारीले महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीलाई खबर गरे । क्षेत्रीलाई कन्ट्रोलका कर्मचारीले सोधे, ‘भीभीआईपीको नाम आयो सर, के गरौं ?’

त्यसपछि महानगरीय प्रहरी कार्यालयले महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रमुख डीएसपीलाई घ’टनाबारे जानकारी गराउँदै ती महिलालाई सम्पर्क गरी सत्यतथ्य बुझ्न निर्देशन दियो । ‘कृष्णबहादुर महरा अरु पनि हुन सक्छन्, सचेत भएर बुझ्नू,’ थापाले निर्देशन दिए ।

डीएसपी आफैं तीनकुनेस्थित ती महिलाको डेरामा गए । प्रहरीले घ_टनास्थलको सबै कुरा रेकर्ड गर्‍यो । महिलाको भनाई र अभिलेख तत्काल रेकर्ड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

‘त्यहाँको सिन रेकर्डपछि प्रहरीले महिलाको बयान लियो । बयानमा ती महिलाले मलाई हातापाई भयो, मिस बिहेव भयो भनिन्,’ ज्ञवालीले भने, ‘तपाईंलाई हा’तापाई भएको हो भने मेडिकल गर्नुपर्छ अस्पताल जाउँ भनेर प्रहरीले उनलाई आग्रह गरेको थियो तर ती महिलाले अस्पताल जान मानिनन् र प्रहरीका निवेदन दिन पनि मानिनन् ।’

ती महिलाले ‘म निवेदन पनि दिन्न, प्रहरीमा पनि जान्न’ भनेर जिद्दी गरेपछि प्रहरी फर्किएको ज्ञवालीले बताए । महिलाले ‘म अहिले जादिनँ, भोलि मेरा श्रीमान् आएपछि जान्छु’ भनेपछि प्रहरी त्यहाँबाट फर्कियो ।

महिलाले प्रहरीमा निवेदन नदिएपनि प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको प्रवक्ता एसएसपी ज्ञवालीले बताए । प्रहरीले अनुसन्धानका लागि प्रमाणहरू सुरक्षित राखेको ज्ञवालीले बताए ।

‘प्रहरीले ती महिलालाई पीडित ठानेर अ’नुसन्धान गरिरहेको छ । महिलाले लगाएको आरोप सावित गर्न ती महिलाले प्रहरीमा उजुरी दिनुपर्छ । मेडिकलका लागि तयार हुनुपर्छ, प्रहरी त्यसको प्रतिक्षामा छ,’ एसएसपी ज्ञवालीले भने ।