आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

बुधबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने बिहीबार स्थिर रहेर १ हजार ३ सय ३५ रुपैयाँमै कारोबार भइरहेको महासंघले

जनाएको छ ।