बाटो छेकेर पैसा उठाउँदै थारू महिलाहरू

कैलाली । सडकमा गुड्ने सवारी साधनहरू छेकेर थारू महिलाहरूले पैसा उठाइरहेका छन् ।

कैलालीको जोशीपुर गाउँपालिकाको बजारदेखि भजनीसम्म जोड्ने सडकमा उनीहरूले रसी (डोरी) तेर्साएर अवरोध गर्दै पैसा उठाउने गरेका छन् ।

थारू समुदायको चिराकी पर्वको अवसर पारेर महिलाहरुले यसरी बाटो छेक्दै पैसा उठाउने गरेका छन् ।