महराबाट ग’म्भीर ग’ल्ती भएको ओली-प्रचण्डको निष्कर्ष, रा’जीनामाबारे छलफल हुँदै

काठमाडौं। संघीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि ज’व’रज’स्तीक’र’णी गरेको आ’रोप लागेपछि सभामुख कृष्णबहादुर महरालाई रा’जीनामा गर्न लगाउने निष्कर्षमा नेकपाका नेताहरू पुगेका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आ’रोप लागेका महरासँग कुराकानी गरेपछि महराबाट गल्ती भएको निष्कर्षमा नेताहरू पुगेका हुन् ।

‘ओली र प्रचण्डले कुरा गरेपछि महराबाट गल्ती भएको निष्कर्षमा नेताहरू पुग्नुभएको छ, सचिवालयको बैठक बसेर राजीनामा गर्न सुझाव दिने कुरा भएको छ,’ नेकपा सचिवालयका एक सदस्यले भने ।

जव’रज’स्ती’क’र’णी गरेको आ’रोप लागेपछि महरामाथि राजीनामाको द’बा’ब बढेको छ । महराको सचिवालयले विज्ञप्ति प्रकाशित गरेर घ’टना लुकाउन खोजेपनि नेकपा नेतृत्वले महराबाट गम्भीर गल्ती भएको निष्कर्ष निकालेको हो ।