साहसिक पेमा, ६ बर्ष देखि आकाशमा जहाज उडाउँदै

काठमाडौ। केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ भनेर धेरै जनाले १९९१ मा सोलुको फाप्लुमा जन्मेकी पेमा लामालाई येही प्रश्न सोध्छन। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न सोध्नेहरुलाई उत्तर दिन्छिन्, ‘डर होइन, जहाज उडाउन पाउँदा साहास बढ्छ र गर्वको महसुस हुन्छ।’ हो, महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई बेलाबेलामा अझै पनि आश्चर्यको रुपमा लिने गर्दछन।

तर पेमा लामाको साहसले यो मान्यता चिरेको छ।उनि २०१२ देखि बुद्ध एयरमा पाइलटको रुपमा कार्यरत छिन्। नेपालमा जम्मा २९ जना महिलाहरुले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। तीमध्ये पेमा पनि एक हुन्। हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर +२ अध्ययन गरेकी पेमा हाल साहसिक पाईलट को रुपमा परिचित छिन्।