नेपाल खुला दिसामुक्त राष्ट्र घोषीत ! खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली मुलुक नेपाल

काठमाडौं। आजबाट नेपाल खुला दिसामुक्त राष्ट्र घोषित भएको छ ।खानेपानी मन्त्रालयले काठमाडौंमा आयोजना गरेको एक समारोहका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले खुला दिसामुक्त राष्ट्र घोषणा भएको घोषणा गरेका हुन् ।

खानेपानी मन्त्रालयले यो घोषणाले सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल गरेका बताएको छ।

सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । आजको घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली मुलुक बनेको छ।

खानेपानी मन्त्रालयका अनुसार १९८० मा २ प्रतिशत नेपालीको घरमा चर्पी रहेकामा सन् २०१० मा ४३ प्रतिशत पुगेको गियो । २०११ मा सरसफाइ गुरुयोजनामार्फत जनताकै लगानीमा २०१९ सम्म आधारभूत सरसफाइ अन्तरगत शतप्रतिशत घरमा चर्पी निर्माण भएको छ ।