राष्ट्रप्रमुख र सरकारप्रमुख दसैं सकिएलगत्तै बिदेश भ्रमणमा जाने

काठमाडौ। नेपालीहरुको महान् चाड वडा दशैं सकिएलगत्तै राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैले कात्तिक पहिलो सातापछि आफ्नो विदेश भ्रमणका कार्यक्रम तय गरेको खबर सार्बजनिक भएको छ ।केहि समय अगाडी मात्र उपचार गराएर आएका के पी शर्मा ओली विदेश जान लागेका हुन् !

विद्यादेवी भण्डारी जापान र प्रधानमन्त्री के.पी ओली अजरबैजान जाने गरी तयारी शुरु भएको जनाइएको छ । कात्तिक पहिलो साता राष्ट्रप्रमुख र सरकारप्रमुख दुवै विदेश भ्रमणमा जाने गरी तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, राष्ट्रपति भण्डारी जापानका नयाँ साम्राट को राज्याभिषेकमा र प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिनका लागि अजरबैजान जान लागेका जनाइएको छ ।