संक्रमितको मनोबल बढाउन आइसोलेसन सेन्टरमा नाचगान (फोटो फिचर)

काठमाडौं । कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा कोरोना संक्रमित बिरामीको मनोबल बढाउन स्वास्थ्यकर्मीहरुले नाचगान गरेर रमाइलो गराउने गरेका छन् ।

संक्रमित भएका बिरामीहरु मानसिक रुपमा कमजोर हुने भएकाले उनीहरुलाई म्युजिक थेरापीको माध्यमबाट मनोबल बढाउन सहयोग गरेको स्वास्थ्यकर्मीहरुले बताए ।

नाचगानमा सहभागी हुँदा कोरोनाका बिरामीहरु पनि खुशी देखिन्थे ।

हेर्नुहोस् तस्वीरहरु