
केही समय पहिले नायक किशोर खतिवडा र लक्ष्मी गदालको विषयले सामाजिक संजाल तातिरहेको थियो र केही समययता यो विषय पुन सेलाउन पुगेको छ। तर आज एक्कासी उहाँहरू दुवैजना वसन्तपुरमा खाना बाँड्दै गरेको अवस्थामा भेटियो। पानी परिरहेको अवस्थामा दुवै जना लामो समय पश्चात् एकै ठाउँमा सँगै देखा परेपछी विभिन्न मिडियाहरू आइपुगेका थिए।
किशोर खतिवडा सँगै बिनय जंग बस्नेत र पुजा विश्वकर्मा पनि सँगै खाना खुवाउँदै थिए। मिडियासँग बोल्दै किशोर खतिवडाले आफू कुनै प्रचार प्रसारको लागि आएको नभइ स्वतस्फूर्त रुपमा आएको पनि जानकारी गराउनु भयो।साथै आफ्नो विषय सबै कानूनी रुपमा अगाडि बढिरहेको पनि बताउनुभयो।
उहाँले सृजना वाग्लेको विषयमा बोल्दै आफू र सृजा वाग्ले बीच त्यस्तो नराम्रो मनमुटाव नरहेको तर कानूनसँग उहाँको टीमसँग साथै मनोज सापकोटा भन्ने व्यक्तिसँग मनमुटाव भएको र त्यसको लागि आफू लड्न तयार भएको पनि बताउनुभयो। त्यसैगरी लक्ष्मी गदालले पनि आफ्नो कुनै पनि विषय मिडियामा राख्नुपर्ने नभएको र किशोर खतिवडासँगको सम्बन्ध पनि ठीक भएको प्रतिक्रिया दिएकी थिइन् भने माया भएकै कारणले यत्रो ठूलो विवाद पनि समाधान भएको नायक किशोर खतिवडाले बताउनुभएको छ।
प्रहरी प्रशासन बाहेक अर्काको घरमा बिना अनुमती झ्यालबाट क्यामेरा तेर्स्याउनु पनि पत्रकार आचारसंहितामा विपरीत भएको र अत्यन्तै निन्दनीय कार्य भएको भन्दै सृजना वाग्लेको चौतर्फी आलोचना भएको थियो।