कसले बनाइदियो प्रचण्डकी छोरीहरुलाई यस्तो सुबिधा सम्पन्न घर ?

काठमाडौं । २०७३ सालमा प्रधानमन्त्री हुँदा सर्वहारा बर्गको मुक्तिको नारा बोकेर हिडेका प्रचण्डको सम्पति एक कट्ठा जमिन र तीन तोला सुनमात्र थियो । स्थापना कालदेखि नै माओवादी पार्टीलाई सर्वहाराको आवाज बोल्ने पार्टी भनेर मान्ने गरिएको गरिएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पति विवरण सर्वहाराकै जस्तो देखाएपनि उनको लवाइ खुवाई हेर्दा सम्पत्ति विवरणमाथि धेरैले आशंका व्यक्त ठाउँ प्रयाप्त छन् ।

प्रचण्डले त्यो बेला सार्वजनिक गरेको सम्पति विवरणमा चितवनमा एक कट्ठा जमिन र तीन तोला सुनमात्र रहेको भनेका थिए । लाजिम्पाट निवास पछि कुनै शारदा अधिकारी नामक ठेकेदारको नाममा बनाइएको खुमलटारस्थिति घरमा बसोबास गर्न पुगेका प्रचण्डले आफना दुवै छोरीलाई आफ्नै निवासको नजिकै दुईवटा घर बनाइदिएर गृहप्रवेश गराएको खुल्न आएको छ ।

प्रचण्डले आफ्ना दुई छोरीहरु रेणु र गंगालाई ललितपुरको ढोलाहिटीमा सुबिधा सम्पन्न घर बनाइदिएका छन् । निकै हतार हतार निर्माण गरिएका ती घरहरुको इन्टेरियरको काम हुन बाँकी छँदै गत वैशाख सनातनी हिन्दु संस्कार पूरा गर्दै गृहप्रवेश गराइएको हो ।

गृहप्रवेश गर्दा विजयादशमी या अर्को कुनै राम्रो साइत पर्खनुपर्ने भएकोले त्यसरी वैशाख २९ गते नै गृहप्रवेश गर्नुपरेको पूजामा संलग्न पुरोहितले बताएका छन् ।

जीवन श्रेष्ठ नाम गरेका एक ट्वीटर प्रयोगकर्ताले प्रचण्डले छोरीलाई बनाइदिएको घर भन्दै पोष्ट गरेका छन् । जुन घर देख्दै आलिसान र भब्य देखिन्छ । ललितपुरको ढोलाहिटीमा बनेको उक्त घरबारे प्रचण्ड परिवारबाट केहि प्रतिकृया बाहिरिएको छैन ।